गजल
२०७४ जेठ १५ गते

“
“”तिमी”” र “”म”” लाई जोडी हामी बनाउनेछु
विश्व सामु मेरो देश “”नामी”” बनाउनेछु
तिमी जुट्छौ भने मेरो साथमा मिली
नेपाललाई जापान भन्दा दामी बनाउनेछु
विकास त भएकै हो कछुवाको तालमा
कछुवाको गतिलाई सुनामी बनाउनेछु
गरीबीका रेखामुनि पर्नै दिन्न कसैलाई
हर “”एक”” नेपालीलाई खान्दानी बनाउनेछु
जनसागर उर्लिएर मलाई चुने भने देखि
सिमा बेच्ने दलालीलाई गुलामी बनाउनेछु
फोहोरमैला व्यवस्थापन बढाउँदै लान्छु अनि
जल्दो–बल्दो मगमगाउँदो राजधानी बनाउनेछु”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








