टिपरको ठक्करबाट तीनको घटनास्थलमै मृत्यु

काठमाडौँ, जेष्ठ ९ । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौंतर्फ आउँदै गरेको टिपरको ठक्करबाट तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
बा ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा रहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट स्कुटरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

सुर्यविनायक नगरपालिकाका ९ नलिन्चोकमा दिउँसो करीब १२ बजे तिर टिपरले स्कुटरलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा दोलखा मेलुङ–६ स्थायी घर भई हाल मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४० वर्षीया सविता घिमिरे र उनका छोरा १३ वर्षीय अवीन्द्र घिमिरे रहेका छन् ।

तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चालक फरार छन् । फरार भएका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =