सार्वजनिक गरिएको सम्पत्ति विवरणमा कुन मन्त्रिसंग कति सुन छ ?

“
काठमाडौं,जेष्ठ ९ । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
सरकार गठन भएको तीन महिना पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। २२ सदस्यीय मन्त्रिपरिषद्मा १८ मन्त्रीहरुको मात्रै सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ। पेस मात्रै गरे पुग्ने, सार्वजनिक गर्नै पर्ने कानुनी बाध्यता नभएका कारण मन्त्रीहरुको सम्पत्ति विवरण आम जानकारीमा आउन सकेको थिएन।
वर्तमान मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरणमा कुन मन्त्रिसंग कति सुन छ ? हेरौँ
प्रधानमन्त्री केपी शर्मा ओली–
सुनका गरगहना १७–१८ तोला / प्राप्त मितिः विभिन्न समयका खरिद /स्वआर्जन
रक्षा मन्त्री ईश्वर पोखरेल–
सुन ८–९ तोला / प्राप्त मितिः २०२० सालदेखि / परिवारबाट उपहार पारिश्रमिक
गृहमन्त्री रामबहादुर थापा–
सुन ६ तोलाजति / श्रीमतिको माइती घर / विदेशबाट भाइ बैनीबाट उपहार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली–
सुन अनुमानित २ तोला / प्राप्त मितिः २०६० /प्राप्तिको स्रोतः पारिवारिक
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन–
सुन १५ तोला / प्राप्त मिति / स्रोतः पुर्खौली
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल
उल्लेख छैन
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादव
सुनको सिक्री १.५ तोलाको चारवटा (६ तोला), सुनको गरगहना (१० तोला) र प्राप्त मितिः ०७४ /स्रोतः विवाह र मुख देखाइमा, माइत र आफन्तबाट प्राप्त
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ–
सुन ५१ तोला / पैत्रिक र दाइजो
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट–
सुनको सिक्री २ वटा, बाला २ वटा, टप ३ सेट, औंठी ३ वटा / अन्दाजी ७ तोला / पैतृक र खरिद
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत
सुन ५ तोला / पारिश्रमिक र पैतृक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डित
सुन १० तोला (विमला पण्डितको नाममा) / पैतृक
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापा
सुन १ तोला / आमाबाट प्राप्त
अर्थमन्त्री युवराज खतिवडा
सुनका गहना १० तोला / पारिवारिक आम्दानी (कृषि)
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा
गरगहना (सुन) करिब ५० तोला / प्राप्त मितिः २०५७ देखियता र पैत्रिक, श्रीमतिलाई प्राप्त पेवा, उपहार समेत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी
सुन ६० तोला / पैतृक (सगोल)
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ
सुन ३० तोला
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल
औंठी २, चेन चेन १, बाला २ / जम्मा ६ तोला / प्राप्त मितिः ०५१-११-१०
खानेपानी मन्त्री बिना मगर
सुन ५ तोला / पैतृक
“








