कसरी समातिए गोल्ड डन गोरे ?

काठमाडौँ, जेष्ठ ८ । सुन तस्करीका डन कहलिएका चूडामणि उप्रेती  गोरे कसरी समातिए भन्ने जिज्ञासा यतिबेला धेरैलाई छ । ३३ केजी सुन प्रकरण र शनम हत्या प्रकरणको अनुसन्धान गर्न गठित अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी गृहमन्त्रालयमा आज विहान काठमाडौँमा सार्वजनिक गरेको छ ।

विशेष अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा गोरेलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा पक्राउ गरेको हो ।

मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएकोे जानकारी गराएको छ ।

३३ किलो सुन काण्डमा संलग्न भएका ६५ जना विरुद्ध यसअघि मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समुहको स्थापना लागायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्धा दर्ता भईसकेको छ ।

टोलीले अनुसन्धानको दायरामा राखेकाका बारेमा पनि प्रारम्भीक सोधपुछका क्रममा गोरेबाट थप तथ्य र सुचना प्राप्त भएको जानकारी दिएपनि समितिले ती सुचना भने सार्वजनिक गरेको छैन ।

पत्रकार सम्मेलनमा समितिका संयोजक इशवरीराज पौडेलले अनुसन्धान अत्यन्तै जटिल र गम्भीर प्रकृतिको भएकाले विषयलाई गम्भीरतापुर्वक लिनुपर्ने बताए ।

गोरेलाई छिट्टै विराटनगर चलान गर्ने तयारी भईरहेको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =