बेलायती राजकुमार ह्यारी र अभिनेत्री मार्कल आज विवाह बन्धनमा बाँधिदै

“
काठमाडौं, जेठ ५ । बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज विवाह हुँदैछ । लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ह्यारी र मेगन विवाह बन्धनमा बाधिन लागेका हुन् ।
५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको विवाह समारोहमा ६ सय पाहुनालाई निम्तो दिईएको छ । बेलायतको सेन्ट जर्ज च्यापलमा आयोजना हुने विवाह समारोहको झलकका लागी विन्जरका सडकमा सर्वसाधारणको भिड लागेको बीबीसीले जनाएको छ ।
तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा थिए । विवाह समारोहमा कुनै पनि राजनीतिक ब्यक्तिलाई निम्तो दिईएको छैन ।
बेलायती शाही नियम विपरितकी मेगन अफ्रिकी अमेरिकी मुलकी महिलाकी छोरी हुन् भने क्याथलिक ईसाई समेत हुन् । पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेकि मेगनलाई बेलायती शाही परिवारको आधुनिक बुहारी भनिएको छ ।
“








