धरानमा ‘हरिबहादुर’ पात्रले दर्शकलाई हसाएपछि

सुनसरी, भरतराज शर्मा (गोपाल) / फाइन प्रिन्टले हिजो धरानको भानुचौकमा आयोजना गरेको कार्यक्रममा चर्चित कलाकार हरिवंश अाचार्यले ‘हरिबहादुर’ पात्र बनेर धराने दर्शकहरुलाई हसाएर मनोरञ्जन दिएका छन । स्टेज चढ्नु अघि नै हरिबहादुरको ध्वनीमा पुरा स्टेज गुञ्जिएका थियो । उहाँले करिव १५ मिनेटसम्म स्टेजमा हरिबहादुरको प्रस्तुती दिनु भएको थियो । जसमा उहाँले देशका राज नेताहरुको नालायकीपन सगै भारतसँग गरेको कोशी सम्झौता लगायतमा नेपाल चुकेको कुरालाई स्मरण गराएका थिए ।

हरिबहादुर पुस्तकमा हरिबहादुरको अन्त्यन्तै तीक्ष्ण दिमाग भए पनि गलत काममा मात्रै प्रयोग गरेको कुरालाई सञ्चालिका रेडियो प्रस्तोता सविना कार्कीले सुनाएकी थिईन । त्यो दिमागलाई सही अर्थमा प्रयोग गर्दा पात्र हरिबहादुर साच्चै देशको लागि होनाहार हरिबहादुर बन्ने चर्चा समेत गरिएको थियो । सोही क्रममा हरिबहादुर पुस्तकमा भएको उनको प्रेमीको नामलाई लिएर ‘क्वीज’ गराइयो जसमा धरानका प्रविण राईले उपहार जितेका थिए ।
कलाकार हरिवंश आचार्यले धरान आफूलाई मनपर्ने सहरको रुपमा लिएको बताएका थिए । यहाँ बलिदान फिल्मको छायांकनको क्रममा एक महिना रहँदा धरानको परिवेशलाई चिनेको समेत उनले बताएका थिए । कार्यक्रमलाई प्रस्तोता सुमन कार्कीले थप रौनकता थपेको थिए जसका लागि उनले विल्सनबिक्रम राई, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पत्रकार ऋषी धमलाको भूमिका समेत निर्वाह गर्न भ्याएका थिए । सोही कार्यक्रममा धरानमा करिब ३ सय बढी पुस्तक बिक्री भएको थियो । आचार्यले यस अघि ‘चिना हराएको मान्छे’ पुस्तक बजारमा ल्याएका थिए ।








