शिखर क्रेजी सेल मेला आजदेखि छुटैछुटको अफर
२०७४ जेठ १५ गते


मकालु खबर, जेठ–१४
आजबाट (आइतबार) देखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाली जुत्ता चप्पल पारखीका लागि भनेर मेलामा १५देखि ८५ प्रतिशत सम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
मेलामा रु १०० देखि माथीका जुत्ता चप्पल विक्री गरिने छ । विशेष गरी गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल मेलामा राखिएको कम्पनीले जनाएको छ । मेलामा सबै उमेर समूहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछन् । यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ ।
मेलामा नयाँ डिजाइनका जुत्ता तथा चप्पल समेत बिक्री गरिनेछ । मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाइने छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








