यी हुन् पत्थरी हुनु भन्दा अगाडी देखिने लक्षण

 

असार १२ । आजभोली पत्थरीको बिरामी दिनानु बढ्दै गईरहेको छ । हामीले हाम्रो स्वास्थ्यमा ध्यान नदिनाले पत्थरी हुने गर्दछ । पत्थरीलाई मान्छेले सामान्य रोग सम्झेपनी पत्थरीका कारणले पनि मानिसको मृत्यु भईरहको छ । पत्थरी हुँदा सहि नसक्नुको पिडा हुन्छ । पत्थरी हुँदा कस्तो लक्षण देखा पर्दछ तल बताईएको छ । 

ज्वरोः ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता नगर्नुस् । 

null

पिसाब गर्दा पीडा हुनेः मिर्गौलाको पत्थरीबाट पीडित पिसाब गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ । 

पिसाबमा रगतः पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ । 

वाकवाक र पेट गडबडः पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ । 

अंग फुल्नेः पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो । 

पिठ्युँ दुख्नेः कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ । 

प्रतिक्रिया

One thought on “यी हुन् पत्थरी हुनु भन्दा अगाडी देखिने लक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =