प्रचण्डले भने : अक्सिन र हाइड्रोजन मिलेर पानी बन्यो, अब छुट्याउन सकिँदैन्

काठमाडौं,जेष्ठ ३ । एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रमभंग भएको बताएका छन्।

‘अक्सिन र हाइड्रोजन मिलेर पानी बन्यो, अब पानीमा अक्सिन र हाइड्रोजन छुट्याउन सकिँदैन्,’ प्रचण्डले भने, ‘अब माओवादी केन्द्र र एमाले मिलेर नयाँ पार्टी बन्यो, अब यहाँ एमाले र माओवादी केन्द्र छुट्याउन सकिँदैन्।’

प्रचण्डले जनतामाझ गरेको पार्टी एकताको प्रतिवद्धता पूरा गरेको बताएका छन् । उनले एकता गर्नुको पछाडि सामाजिक न्याय सहितको आर्थिक समृद्धिसहितको समाजवाद ल्याउने मिसनमा अगाडि बढेको समेत बताए।

उनले पछिल्लो समय कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त स्खलन हुँदै गएको समेत बताएका छन् ।

सम्बोधानका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘हिजो म मर्न पाइन भनेर झगडा हुन्थ्यो अहिले म सांसद बन्न पाउँ, म मन्त्री बन्न पाँउ म प्रधानमन्त्री हुनै पर्छ भन्ने झगडा हुन थालेको छ। हामीमाझ कहिँ न कहीँ आर्दश सिद्धान्तमा स्खलित भयौँ,’उनले भने ।
प्रचण्डले सुशासनको युगको सुरुवात भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =