चिसो बढ्यो, जनजीवन प्रभावित, हिमाली जिल्लाको जनजीवन बढी कष्टकर

काठमाडौं, पुस २० । देशभर चिसो बढेको छ । न्यूनतम तापमान लगातार घट्दै गएका कारण देशभरीको जनजीवन प्रभावित भएको छ । तराई मधेस केही जिल्ला, हिमाली जिल्लाको जनजीवन बढी कष्टकर बन्दै गएको छ ।

काठमाडौंमा पनि चिसो झन बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काटमाण्डुको न्यूनतम तापमान २ डिग्री सेल्सियस रहेको छ । हिजो न्यूनतम तापमान २.२ डिग्री सेल्सियस थियो । आज दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रका केही जिल्लामा शीतलहर कायम रहनेछ । जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ । जुम्लामा माइनस ६ दशमलव ४, जोमसोममा माइनस ३ दशमलव २ र जिरीमा माइनस २ दशमलव ७ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =