मोदीको नागरिक अभिनन्दनमा मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको व्यग्र असन्तुष्टि !

काठमाडौँ, वैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा मुख्य मन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रम ओलीले व्यग्र असन्तुष्टि जनाएका हुन् ।

आइतबारको संसदलाई सम्बोधन गर्दै ओलीले मोदीको भ्रमणबारे जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर, अनुपयुक्त र यो नेपाल सरकारको नीति अनुसार नभएको बताएका हुन् ।

जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *