राजपाद्वारा आज पनि संसद अवरुद्ध
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ चैत ११ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत १०, काठमाडौँ । पटक–पटक प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको राष्ट्रिय जनता पार्टीले आइतबारको बैठक पनि अवरुद्ध गरेको छ ।
मधेश तथा थारुहट आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले गठन गरेको न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गरेको हो ।
null
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उभिएर संसद अवरुद्ध गरेका हुन् । सभामुख कृष्णबहादुर महराले पटक–पटक बस्न आग्रह गर्दा पनि सांसदहरुले संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
राजपाले चैत ३ र ४ गतेको संसद पनि अवरुद्ध गरेको थियो ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित