चितवनमा बस दुर्घटना हुँदा १२ घाइते
२०७६ असोज १ गते

फाेटाे फाइल
असोज १, चितवन । बुधबार बिहान चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ यात्रु घाईते भएका छन् ।
आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक एउटा बसले अर्को बसालाई पछाडीबाट ठक्कर दिंँदा १२ यात्रु घाइते भएका हुन् ।

नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना ५ख ६६४७ नंको बसले धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नंको बसलाई पछाडीबाट ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगको हो ।
प्रहरीका अनुसार २९ यात्रु सवार धनगढी बसका १२ यात्रु घाईते भएका छन् भने नेपालगञ्जको बसमा सवार रहेका सबै यात्रु भने सकुशल रहेका छन् ।
घाइते यात्रुको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित









