चितवनमा बस दुर्घटना हुँदा १२ घाइते

फाेटाे फाइल 

असोज १, चितवन । बुधबार बिहान चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ यात्रु घाईते भएका छन् ।   

आज बिहान  ५ः४० बजे  भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक  एउटा बसले अर्को बसालाई पछाडीबाट ठक्कर दिंँदा १२ यात्रु घाइते भएका हुन् ।   

Image result for बस दुर्घटना

नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना ५ख ६६४७ नंको बसले धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नंको बसलाई पछाडीबाट ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगको हो । 

प्रहरीका अनुसार २९ यात्रु सवार धनगढी बसका १२ यात्रु घाईते भएका छन् भने नेपालगञ्जको बसमा सवार रहेका सबै यात्रु भने सकुशल रहेका छन् ।   

घाइते यात्रुको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =