नेपाल-भारत सीमानाका ‘जमुनाह’ एक साताका लागि बन्द
२०७६ चैत ९ गते

चैत्र ९, काठमाडौं । कोरोना भाइरसका कारण बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आइतबारबाट एक हप्ताका लागि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार जमुनाह नाकाबाट सामानहरु ल्याउन रोक नलगाइएपनि यात्रुहरुको आवतजावतमा भने रोक लगाइएको छ ।
अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी प्रजिअ खड्काले जनाकारी दिए ।

यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।
२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








