भूकम्पपीडितको रगत चुस्ने विभाग र व्यापारी भोकै !

काठमाडौँ, माघ १३ । पहिलो किस्ता पछि दोस्रो किस्ता पाउने आशामा छन्, भूकम्पपीडितहरु । तर, सिमेन्ट उद्योगीहरुले भुकम्प पीडितहरुलाई पानीबिनाको माछा झै छटपटाउने स्थितिमा पुर्याएका छन् । जस्लाई सघाउ दिएका छन्, सरकारी अनुगमनकारीले । ति उद्योगहरुमा अनुगमन गरे सिलबन्दी गरेजस्तो गर्ने र फेरि उम्काउने प्रवृत्तिले भूकम्पपीडितहरु मारमा परेका हुन् ।

हो,उद्योगीहरुले पछिल्ला १५ दिनमा पटक पटक गरि ५ पटकसम्म सिमेन्टको मुल्य वृद्धि गरेका छन् । जसको मारमा भूकम्पपीडितहरु परेका छन् ।

चौतर्फी दबाब सुरु भएसँगै उनीहरुले बोरामा २२ रुपैंया घटाएपनि त्यसले कुनै लछारपाटो लगाएको छैन । फेरि त्यो कार्य दोहोरिएको छ । विना कारण प्रतिबोरा १ सय २० रुपैयाँ सम्म वृद्धि गरेर उद्योगीहरुले प्रतिबोरा २२ रुपैयाँ मात्रै घटाएर ठगी आफ्नो ठगीलाई निरन्तरता दिएका छन् । यसरी राज्यको आँखामा छारो हालेर व्यापारीहरुले ठगीलाई निरन्तरा दिएकोप्रति उपभोक्ता अधिकारकर्मीहरुले आपत्ति व्यक्ति गर्ने थालेका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सिमेन्ट उद्योगीले प्रतिबोरा १ सय २० रुपैयाँका दरले मुल्य वृद्धि गरेर २२ रुपैयाँ मात्रै घटाउनु ठगी भएको बताए । सरकारी निकायले सिमेन्टको मुल्य ‘अस्वभाविक रुपमा विना कारण वृद्धि भएको पुष्टि गरिसकेपछि सम्बन्धित उद्योगीलाई जरिवाना गर्नु पर्ने हो कि ? मुल्य घटाउनको लागि निर्देशन दिने हो ?’ भन्ने प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले अनुमगनकारी निकायको निर्देशनले अनुमगनकारी निकाय र सिमेन्ट उद्योगीको मिलेमतो रहेको पुष्टि गर्ने बताए ।

विभाग र उद्योगीको मिलेमतो

‘आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सिमेन्टमा अस्वभाविक मुल्य बढेको निष्कर्ष निकालेपछि कारवाही प्रक्रिया अघि बढाउनु पर्ने कि ? मुल्य वृद्धि फिर्ता गर्न निर्देशन दिने ?’ उनले भने, ‘विभागको त्यस्तो निर्देशनले विभाग र उद्योगीको मिलेमतो रहेको तथा विभाग उद्योगीको प्रलोभनमा परेको पुष्टि हुन्छ, ।’

यसअघि सिमेन्ट उद्योगीहरुले सिमेन्टमा प्रतिबोरा १७ प्रतिशतसम्म मुल्य बढाएको थियो । मंसिर अन्तिम साता प्रतिबोरा ७ सय ९० रुपैयाँका दरले रहेको शिवम् सिमेन्टको मुल्य पछिल्लो समय प्रतिबोरा ९ सय १० रुपैयाँ पुगेको थियो । शिवम् सिमेन्टले २२ रुपैयाँ मात्रै मुल्य घटाएपनि अन्य सिमेन्ट र डण्डीमा रहेको ठगी भने उस्तै रहेको छ । मारुती सिमेन्टले ७ सय ८० रुपैयाँ प्रतिबोराबाट मुल्य वृद्धि गर्दै ८ सय ३० रुपैयाँ पु¥याएको छ । त्यस्तै निर्माण सिमेन्टले प्रतिबोरा ६ सय ४० रुपैयाँबाट मुल्य वृद्धि गर्दै ७ सय २० रुपैयाँ प्रतिबोरा पु¥याएको छ ।

अग्नि सिमेन्टले ६ सय ५५ रुपैयाँ प्रतिबोराबाट मुल्य वृद्धि गर्दै ७ सय २४ रुपैयाँ पु¥याएको छ । त्यसैगरी हेटौडा सिमेन्टले प्रतिबोरा ७ सय ९५ बाट ८ सय ९८ रुपैयाँ प्रतिबोरा पु¥याएको छ । त्यस्तै शालीमार सिमेन्टले ७ सय ५० रुपैयाँ प्रति बोराबाट मुल्य वृद्धि गर्दै ८ सय ७० रुपैयाँ पु¥याएको छ । त्यस्तै अम्बे सिमेन्टले प्रतिबोरा ६ सय ५० रुपैयाँबाट मुल्य वृद्धि गर्दै ७ सय ६० पु¥याएको छ ।
मुल्य वृद्धि गर्ने बेलामा सबै सिमेन्ट उद्योगले सयौं रुपैयाँ वृद्धि गर्ने तर, घटाउने बेलामा एउटा मात्रै सिमेन्टले केवल २२ रुपैयाँ घटाएर मुल्य घटेको हल्ला फैलाउने उद्योगीहरुले चलाखीपूर्ण खेल खेल्न खोजेको उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देश कुमारप्रसाद दाहालले सिमेन्टको मुल्य नघटाउने उद्योगलाई तारेखमा राखिने बताए । ‘हामीले तीन दिन भित्र सिमेन्टको मुल्य घटाउन निर्देशन दिएका थियौं’ उनले भने, ‘संकेतका रुपमा एउटाले भएपनि आज घटाएको जानकारी गराएको छ । र मुल्य नघटाउने उद्योगीलाई हामी तारेखमा राख्छौं, ।’

यद्यपि सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले सबै सिमेन्ट उद्योगीलाई मुल्य फिर्ता लिन निर्देशन दिइसकेकाले दुई तीन दिन भित्रै सबै उद्योगीले वृद्धि भएको मुल्य फिर्ता लिने दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =