बाख्रो मर्दा किन लाखाैले दुख मनाए ?

एजेन्सी । यहाँ मान्छेको मरण त मुसासरी छ भने कुनै बाख्रो मर्दा दुख मनाउ गर्ने फुर्सद कसलाई होेला र ? तर सधैँ त्यस्तो कहाँ हुँदोरहेछ । एउटा बाख्रो मर्दाखेरी दुनियाका लाखौँ मान्छेलाई रुवाएको छ अहिले ।

हो, अस्ट्रेलियाको गेरी नामको बाख्रो मरेपछि इन्टरनेटमा रहेका उसका लाखौँ फलोअर्सले दुख मनाउ गरेका छन् । गेरी कुनै मामुली बाख्रो थिएन, सोसल मिडिया स्टार नै थियो । ट्युमरका कारण मरेका गेरीका सोसल मिडियामा १७ लाख फलोअर्स थिए । गेरी मरेको खबर उसका मालिक जेम्स डिजारनल्डसले सोसल मिडियामार्फत नै दिए ।

गेरी सन् २०१३ मा चर्चामा आएको थियो जब उसले सिड्नी म्युजियम बाहिर फुलेको फुल खाइदियो र ऊमाथि झन्डै ४५ हजार रुपैयाँ बराबरको जरिवाना लगाइयो । तर, अदालतमा पुगेको यस मुद्दा गेरीले जित्यो र त्यसपछि ऊ एउटा यात्रा कमेडीमा सहभागी भएर चर्चा कमायो ।

गेरी सोसल मिडियामा यति प्रिय थियो की उसका कैयाै फ्यानहरुले आफ्नो जिउमा उसको आकृतिको टाटु बनाएका छन् । गेरीकाे मृत्युपछि जब खबर सोसल मिडियामा आयो तब ३० हजार मानिसले त कमेन्ट गरेरै शोक व्यक्त गरे । उसका १७ लाख फलोअर्स उसको मृत्युबाट आहात छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =