सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘कालो ब्यानर’
२०७४ जेठ १५ गते

महेन्द्रनगर, माघ २४ । सूदुरपश्चिमाञ्चल विश्वविद्यालयमा विभिन्न सुधारको माग राख्दै आन्दोलनरत प्रध्यापकहरुले आज उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा कालो ब्यानर झुण्डाएका छन् ।
लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न माग गर्दै विश्वविद्यालय सुधार संघर्ष समितिले ‘गैरजिम्मेदार पदाधिकारी जिम्मेवार बन’ उल्लेख गरिएका कालो व्यानर झुण्डाएको हो ।

विभिन्न समयमा केन्द्रीय क्याम्पसमा अध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आर्थिक पक्षसँग सम्बन्धित विभिन्न समस्याको पहिचान गरी समाधान गर्न माग गर्दै आन्दोलन जारी राखिएको सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिका अध्यक्ष विर बहादुर सिंह ठकुरीले बताए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








