सिद्धार्थ ईन्स्योरेन्सद्धारा बीमा दावी सम्वन्धि अन्तरकृया सम्पन्न

पुष १६, काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सले पोखरामा “संस्थागत सुशासन र पारदर्शिता, दावी  भुक्तानीको सुनिश्चितता” विषयक वीमा दावी सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्वन्धि विषयमा बीमितसँगको प्रत्यक्ष सात्क्षातकारवाट एक अर्काको कमि कमजोरी पहिचान गरि , दावी भुक्तानी कार्यलाई प्रभावकारी वनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरेका छन् ।   

कम्पनीका सञ्चालक पवन कुमार अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा बीमा दावी सँग प्रत्यक्ष  सलग्न रहने सर्भेयरहरुको उपस्थिति रहेको थियो । अन्तरकृयाका सहभागि वक्ताहरुले उठाउनु भएको दावी फर्छयौट सम्वन्धि विविध विषयहरुका सम्वन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले जवाफ दिएका थिए ।   

उनले बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शि वनाउने तर्फ कृयासिल रहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =