चार वर्षपछि खुल्दै तातोपानी नाका

सिन्धुपाल्चोक – ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ ।  

चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।  

भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले  तीव्रता दिएको छ । अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारीअनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ ।  

null

उनका अनुसार सुक्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा  समाचार छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =