जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई समस्या

कैलाली । सुदुर पश्चिम प्रदेशको प्रवेशद्धार लम्कीचुहा नगरपालिकामा रहेका सडकहरुमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुहरुलाई बाटो काट्न समस्या भएको छ । 

महेन्द्र राजमार्ग र अन्य सहायक सडकहरुमा जेब्रा क्रसिङ राखिएको छैन । जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासीहरुले बताएका छन् । 

वर्षौं देखि जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएको छ । स्थानीय विबस रावतले नागरिकहरुमा पनि जेब्रा क्रसिङको ज्ञान नभएकाले चेतना जगाएर स्थानीय सरकार, ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाउनु पर्ने बताए । 

null

पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । सडकमा तीव्र गतिमा सवारी साधनहरु हुँइकी रहेका हुन्छन् । स्पीड ब्रेकर र जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरी कार्यालय लम्कीमा प्रमुख नवराज शाहिले जेब्राक्रसिङ बनाउने काम सडक डिभिजनको भएको बताउदै जेब्राक्रसिङ भएमा कार्यान्वयनको जिम्मा आफुहरुको भएको बताए । 

सडकमा जेब्रा क्रसिङ नहुँदा आफूहरुलाई पनि सवारी चलाउन समस्या भएको एक चालकले बताएका छन् । 

बजारमा जेब्राक्रसिङ त पहिले देखि नै थिएन । एक चोटी सिर्जनसिल युवाहरुले जेब्रा क्रसिङको नमुना बनाएपनि सम्बन्धित पक्षले जेब्राक्रसिङ निर्माणमा ध्यान नदिएको तथा स्थानीय सरकारले पनि चासो नदिएको स्थानीय युवाहरुको भनाइ छ । 

लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइले राजमार्ग संघिय सरकार अन्तरगत पर्ने भएपनि स्थानीय सरकारको नाताले आफुहरुको जेब्रा क्रसिङ बनाउने दायित्व भएको बताए । उनले ट्राफिक प्रहरीसँग समन्वय गरेर जेब्राक्रसिङ छिट्टै बनाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =