यी व्यक्तीहरुले माछा खाए विष सरह

जेठ १७ । माछा एउटा मांसाहारी स्वादिष्ट खान हो । माछाबाट बिभिन्न परिकारहरु तयार हुने गर्दछ र यो निकै मिठो हुने हुन्छ । माछा खान नरुचाउने व्यक्ति भन्दा माछा खान रुचाउनेको संख्या बढी भएको देख्न पाईन्छ । यसको स्वाद निकै स्वाष्टि हुने भएकोले नै यसलाई खान जो कोही पनी रुचाउछन् ।
माछाको सेवन गर्दा हाम्रो स्वास्थ्यमा धेरै फाईदा पुर्याउने हुन्छ । माछाको मासुमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने हुन्छ । त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरु पाईन्छ । यदी हुँदा हुँदा पनी केही व्यक्तीको लागि माछा सेवन गर्नु हानिकारक हुने हुन्छ । यदी ती व्यक्तिहरुले माछा सेवन गरेमा विष सरह हुनेछन् । कस्ता व्यक्तीले माछा सेवन गर्न हुँदैन तल बताईएको छ ।
null
गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागिमाछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ । जसको कारण बच्चामा बिभिन्न समस्याहरु देखिन थाल्छ ।
माछा खान नजान्नेका लागिसर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। यदी खान परेमा माछाको काडाँ राम्ररी निकालेर खाने ।
पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागिमाछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ । सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ। तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ।
माछामा अधिक प्रोटिन पाइने भएकोले माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ।
यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुने हुन्छ ।
पेटको समस्या भएकाहरूका लागित्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तर माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जसको कारणले पेटको समस्या भएकाहरूले सेवन गर्दा झ्न स्वास्थ्यमा नकरात्मक असर पर्न जान्छ ।
मधुमेह (सुगर) का बिरामीको लागिमाछामा प्रशस्तै कोलेस्ट्रोल हुने भएकोले कोलेस्ट्रोलको अधिक सेवनले सुगरका विरामीलाई झन् सुगर बढ्ने हुन्छ ।









