तपाई स्लिम हुन चाहनु हुन्छ ? त्यसो भए यसो गर्नुहोस्

जेठ १९ । आजभोली मोटोपनको समस्याले धेरैलाई सताएको छ । हामी जो कोहि पनी आफ्नो शरिर स्लिम र छरितो भई सुन्दर देखियोस भन्ने चाहन्छौँ । हामी मध्ये धेरैले स्लिम हुन डाईटिङ गर्ने अथवा आजभोली बजारमा स्लिम हुने औषधी सेवन गर्ने गछाैँ ।
यस्ता औषधीहरु बजारमा प्रशस्त मात्रामा पाईन्छ । यस्ता केही औषधीहरुले साँच्चीकै स्लिम बनाउने भएता पनी केही औषधीहरुले केही काम नै नगर्ने धेरै गुनासोहरु सुन्न पाईन्छ । यस्ता औषधीले स्लिम बनाएता पनी यसका साईड इफेक्टहरु हुन्छन् । यसका साइडर्ईफेक्ट तत्काल नदेखिए पनी पछि देखा पर्ने हुन्छन् ।
null
एउटा मोटो भद्दा शरिरले हाम्रो सौन्दर्यमा त ह्रास ल्याउँछ नै शरिर धेरै मोटो भएमा बिभिन्न रोगको शिकार समेत भईन्छ । धेरै मोटो शरिर हुँदा हामीलाई काम समेत गर्न असहज हुने हुन्छ । मोटो र भद्दा शरिरले गर्दा अरुको अगाडी मजाकको पात्र समेत भईन्छ । मोटोपन कसरी घटाउन सकिन्छ केही उपायहरु तल बताईएको छ । त्यस बमोजिम गरेमो तपाईको शरिर स्वास्थ्य स्लिम र सुन्दर देखिनेछ ।
योगा गर्नुहोस् : सबैभन्दा पहिला वज्रासनमा बस्नुहोस, शरीरलाई सीधा र दुबै हातलाई जाँघमा राख्नुहोस । सास भर्दै दुबै हातलाई माथि उठाउँदै पीठ पछाडी लैजाने । र बायाँ पाखुरालाई दायाँ हातले समात्ने । सास छाड्दै शरीरलाई अगाडीतर्फ झुकाउने । शिरले जमिनलाई नछोएसम्म पीठलाई सिधा राख्नुहोस र क्षमता अनुसार रोकिराख्नुहोस । अब बिस्तार –बिस्तारै सास लिँदै माथि उठ्नुहोस । आतलाई टाउकोमाथि लैजानुहोस र फेरी सास छाड्दै फेरी जाँघमा हात राख्नुहोस । यसरी वज्रासन योगा गरेमा तपाईको शरिर केही दिनमा नै स्लिम हुनेछ ।
लसुन: अचार वा सब्जीमा लसुनको नियमित प्रयोग प्रायजसो फाईदाजनक हुन्छ । लसुन मात्र रोग प्रतिरोधक क्षमतालाई विकास गर्ने नभई शरीरबाट दुषित पदार्थलाई निकाल्न मद्धत पनि गर्छ जसको फल स्वरुप तपाई स्वास्थ्य र सुन्दर देखिनु हुनेछ ।
नरिवल पानी ः कम क्यालोरी र कम सोडियम भएको नरिवल पानीमा कोलेस्ट्रोल र चिल्लोपना कम हुन्छ । यो छालालाई भित्रबाट पोषण प्रदान गर्छ । र पाचन प्रक्रियालाई सक्रिय बनाउँछ जसले तपाईलाई स्लिम हुन मदत गर्दछ ।
ग्रीन टी: यसमा एन्टिअक्सिडेन्ट पाईने हुनाले फ्री ¥याडिकल्सलाई कम गर्छ । ग्रीन टीले दीमागि कार्य क्षमतामा बृद्धि गर्दै स्मरण शक्ति तेज बनाउनुको साथै तपाईको शरिरको तौललाई समेत कम गर्र्दछ ।
अदुवा: अदुवालाई सागसब्जीमा पनि प्रयोग गर्न सकिनुका साथै चिया र तातो पानीमा मिलाएर सेवन गर्न सकिन्छ । यसले पनि शरीरमा भएको फोहोर पदार्थ बाहिर निकाल्न मद्धत गर्छ र तपाईको शरिर स्लिम बन्न मदत गर्दछ ।









