राष्ट्रिय अनुसन्धान विभागका दिलीप रेग्मी पदमुक्त, नयाँ प्रमुखमा अधिकारी

 

पुस २३, काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदबाट बर्खास्त गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले रेग्मीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । रेग्मीको १५ जेठसम्मको म्याद थियो । म्याद सकिनुभन्दा पाँच महिना अगावै सरकारले रेग्मीलाई जिम्मेवारीबाट हटाएको हो । 

null

रेग्मी २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनेका थिए । 

लगतै विभागको नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त भएका छन्। अधिकारीले सोमबार राती नै बरफबाग स्थित कार्यालयमा पदभार ग्रहण गरेका छन् । 

नवनियुक्त प्रमुख रेग्मीको पनि पदावधी आगामी जेठ १३ गते सकिँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =