सामाजिक सञ्जालमा पूर्वमिस इन्डिया सुरीको अश्लिल तस्बिर ट्याग

माघ २, काठमाडौँ । पूर्वमिस इन्डिया तथा सुपर मोडल नताशा सुरीको सामाजिक संजालमा अश्लिल तस्बिर ट्याग भएको छ ।
आफ्नाे अश्लिल तस्बिर सामाजिक संजालमा ट्याग भएपछी उनले तस्बिर ट्याग गर्ने फ्लिन रेमेडियोज नाम गरेका एक व्यक्ति विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता समेत गरेकी छिन् ।
सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी सुरीको फ्निले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गरेका थिए । उनले उक्त पोस्ट अर्को वेभसाइटमा पनि पठाएका थिए ।

समाचार एजेन्सी आईएनएससँग कुराकानीको क्रममा नताशाले बताएअनुसार नक्कली आर्टिकल र बाथरुममा खिचिएको तस्बिरमा अनुहार ब्लर गरेर उक्त फोटोमा नताशा सुरी सिंहको नाम दिइएको थियो ।
फ्लिनले सुरीको नाममा नक्कली आर्टिकल र फोटोहरु सेयर गर्न सुरु गरेपछि सुरीले आफ्ना वकिल माधव थोराटको साथमा साइबर क्राइम इन्भेस्टिगेशन मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।








