कक्षा १२ को परीक्षामा अर्काको नामबाट परीक्षा दिएपछि..

जाजरकोट, २८ वैशाख । जाजरकोटमा कक्षा १२ को परीक्षामा अर्काको नामबाट परीक्षा दिने सात जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाको गर्खाकोटस्थित शिवपुरी मावि परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने ५ छात्रा र २ छात्रलाई पक्राउ गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालित १२ कक्षाको विभिन्न विषयको परीक्षामा नक्कली विद्यार्थी बनेर परीक्षा दिने पक्राउ परेका हुन् । उनीहरुले प्रवेश पत्रमा खास विद्यार्थीको फोटो उप्काएर आफ्नो फोटो टाँसेर परीक्षा दिएको खुलेको हो ।
null
प्रहरीले उनीहरु सबैलाई परीक्षा सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका सबै नाबालक भएकोले नाम सार्वजनिक गरिएको छ्रन् । उनीहरु सबैलाई प्रहरी हिरासतमा राखिएको छ । जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागी १५ दिनको म्याद दिएको छ । जिल्लामा नक्कली परीक्षार्थीले परीक्षा दिने कार्य बढेपछि अनुसन्धान गर्दा उनीहरु फेला परेका हुन् ।








