सञ्जयमान बस्नेतको अध्यक्षतामा ‘टोकियो युथ क्लब’ गठन

माघ २९, काठमाडौँ । टोकियो प्रिफेक्चरमा बस्ने युवाहरुलाई संगठित गर्ने उद्देश्यले ‘टोकियो युथ क्लब’ गठन गरिएको छ । 

आइतबार बसेको बृहत युवा भेलाले सञ्जयमान सिंह बस्नेतको अध्यक्षतामा ‘टोकियो युथ क्लब’ गठन गरेको हो । 

पछिल्लो ३ वर्ष यता जापानमा नेपालीको जनसंख्या ह्वात्तै बढिरहेको समयमा नेपाली युवाहरुलाई हरेक गतिविधिमा, सक्रिय, जागरुक, अनुशासित हुन प्रेरित गर्दै खेलकुद क्षेत्रमा पनि अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने क्लबको दाबी छ । 

null

सोमबार टोकियो स्थित शिन ओकुबोको एक नेपाली रेस्टुरेन्टमा भेला भइ गठन भएको उक्त क्लबले सल्लाहकारमा शालिकराम भण्डारी र युवा व्यवसायी महेन्द्र अधिकारीलाई चयन गरेको छ भने संरक्षकमा रोनिश जंग बस्नेत (ठुलो काजी) रहेका छन् । 

सञ्जयमान सिंह बस्नेतको अध्यक्षतामा गठन भएको क्लबमा वरिष्ठ उपाध्यक्षमा सुजन पोखरेल, सुरज न्यौपाने, महासचिवमा अनिल कुमार किसान, सचिवमा अस्बिन रेग्मी, कोषाध्यक्षमा कृष्ण शर्मा, सह कोषाध्यक्षमा आशिष तामाड र प्रवक्तामा उत्तम खनाल चयन भएका छन् । 

त्यस्तै क्लबमा राजकुमार क्षेत्री, मिलन कुँवर, सुमन चालिसे, सुमन गौतम, मिलन तामाङ, बिनोद बडाल ,राजु भट्टराई ,केशब क्षेत्री, निरजन घिमिरे, बिमल घिमिरे, बिशाल खत्री, चन्द शर्मा, दिपक गिरी, बिज्ञान पौडेल, यामु न्यौपाने, लक्ष्मण तिवारी, शक्ति क्षेत्री, जिबन घिमिरे, जिबन ढकाल, कमल पाण्डे, सन्तोष न्युरे लगायतका सदस्यहरु रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =