राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ हुने

“
काठमाडौं, चैत १३ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले फोटो पत्रकारिताका विभिन्न १३ विद्यामा पुरस्कारको घोषणा गरेको छ ।
एनएफपीजे स्थापनाको २१ औं वर्षगाँठमा आगामी २०७५ साल बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर काठमाडौंमा एक विशेष समारोह आयोजना गरिने एनएफपिजेले जनाएको छ ।
‘देशभर विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटोपत्रकार साथीहरुको उच्च मनोवल वृद्धिको लागि उहाँहरुलाई प्रोत्साहन स्वरुप फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र प्रदान गर्न लागेका छौं ।’ एनएफपिजेद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
यस पेशालाई जीवनभर अंगालेर हाल निवृत्त जीवन व्यतित गरि रहनु भएका हाम्रा अग्रज फोटोपत्रकार गुरुहरुलाई समेत सम्मान गर्ने पवित्र उदेश्य राखि एनएफपीजेले आयोजना गर्न लागेको यो अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ राखिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
“








