धरानमा ईन्जिनिरिङ तथा अधौगिक एक्स्पो हुने

भरतराज शर्मा (गोपाल)

धरान,सुनसरी, २६ । दिगो बिकासका लागी ईन्जिनिरिङ तथा अधौगिक क्षेत्रको महत्ब बुझाउने उदेश्यले सुनसरीको धरानमा आजबाट इन्जिनिरिङ तथा अधौगिक एक्स्पो सुरु हुदैछ । एक्स्पो धरान ८ तिनकुने स्थित रहेको पुर्वाञ्चल ईन्जिनिरिङ क्याम्पसको खेल मैदानमा हुन लागेको हो ।

एक्स्पो २८ गते तीन दिन सम्म चल्नेछ । पुर्वका बिभिन्न औधोगिक क्षेत्र तथा ईन्जिनिरीङगबाट प्रबिधिको क्षेत्रमा गर्न सक्ने विकासका निम्ति एक्स्पो उद्धघाटन हुन लागेको आयोजक नेपाल तराई बिद्यार्थी नवजागरण संघका अध्यक्ष कुबेर यादवले जानकारी दिनुभएको छ । विभिन्न क्षेत्रको विकासका निम्ती काठमाडौं बाहिर पहिलो पटक ईन्जीनिरिङ तथा अधौगीक एक्स्पो हुन लागेको संघका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

५ लाखको लागतमा उदघाटन हुन लागेको सो एक्स्पोमा ५० वटा औधोगीक तथा ईन्जीनिरिङ संग सम्बन्धीत स्टलहरु राखिएको कार्यक्रमका संम्योजक रामशंकर मंण्डलले जानकबारी दिनुभएको छ । त्यस्तै सोही एक्स्पोमा धरानका १३ बटा बिद्यालय तथा कलेजको सहभागीतामा रोबर्ट प्रतियोगीता गराउनुका साथै सांगीतीक कार्यक्रम, समेत आयोजना हुदैछ ।

जसमा तपस्बी बैण्ड लगायतका कालकारहरुको हरेक दिन प्रस्तुती रहनुका साथै कार्यक्रममा प्रबेश निशुल्क रहेको नेपाल तराई बिद्यार्थी नवजागरण संघका सदस्य धिरज कुमार कामतीले जानकारी दिनुभएको छ । एक्पो दिउसो १२ बजे उद्धघाटन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =