नायिका ऋचा शर्माले ल्याइन डरलाग्दो फिल्म ‘सुनकेसरी’ (ट्रेलर सहित)

काठमाडौँ, चैत ८ । नायिका ऋचा शर्माद्धारा निर्मित तथा अभिनित नयाँ फिल्म ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त हरर फिल्म हो जसमा नायिका ऋिचा शर्मालाई डरलाग्दो रुपमा देख्न सकिन्छ ।

अर्पण थापाको निर्देशन रहेको चलचित्रमा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।

बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्र निर्माण टिमले उक्त ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर फिल्म बनाएको बताएकी छन्, उनी भन्छिन् ‘अब सेतो साडी लगाएर दर्शक तर्सिदैनन् । हरेक कुरा नेचुरल हुनु पर्छ । यो फिल्मले जबर्जस्ती दर्शक तर्साउँदैन ।’

उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ । चलचित्र आगामि बर्ष को जेठ ११ गते बाट देशभर प्रर्दशनमा आउने बताईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *