पोखरा विश्वविद्यालयका सभापति र सचिव आमरण अनशनमा

माघ ८, पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का सभापति सुनिल तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझदेखि अनशन सुरु गरेका छन् ।
अदालत सम्म पुगेको स्ववियूको पदाधिकारी विवाद समाधानमा विश्वविद्यालयले ध्यान नदिएको र क्याम्पसमा लगाइएको ताला तत्काल नखोलिएको भन्दै स्ववियुका सभापति तिमिल्सिना र सचिव परियार अनशन बसेका हुन् ।
null
नेपाल विद्यार्थी संघले आफैंले हस्ताक्षर गरेको नियम विपरित स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै पोखरा विश्वविद्यालयका भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परिक्षा नियन्त्रण कार्यालयमा पुस २३ गतेदेखि तालाबन्दी गरिएको थियो ।
स्ववियु पदाधिकारीको समयावधिको विवादसँग भन्दा पनि क्याम्पसमा लागेको ताला तत्काल खोलेर विद्यार्थीले राखेका मागहरु पुरा गर्नुपर्ने भन्दै सभापति र सचिव अनशन बसेका हुन् ।








