तेश्रो ईक्यान कर्पोरेट फुटसलको उपाधि टीम कास्कीलाई

काठमाडौं, जेठ २५ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आयोजना गरेको तेश्रो ईक्यान कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि टीम कास्कीले जितेको छ । कुमारी फुटसल ग्राउण्ड पकनाजोलमा शनिबार भएको खेलमा चितवनलाई हराउदै कास्कीले उपाधि जितेको हो । फाइनल खेलमा चितवन इक्यानलाइ १-३ गाेल अन्तरले पराजित गर्दै इक्यान कास्कीले ५० हजार नगद समेत हात पार्याे । प्रतियाेगिताकाे उपविजेता चितवनले नगद ३० हजार पाए । प्रतियाेगितामा तेस्राे भएकाे टीम एक्सेलसियाले २० हजार हात पार्याे ।
प्रतियोगितामा १२ टिमको सहभागिता थियो । टिममा ईक्यान कास्की, ईक्यान चितवन, ईक्यान ललितपुर, ईक्यान पुर्वाञ्चल शाखा तथा ईक्यान रुपन्देही अन्तर्गत रहेका व्यवसायीहरु समेतको सहभागिता थियो ।
null
प्रतियोगिताको उद्घाटन नेपालका राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी तथा पूर्व क्याप्टेन हरि खड्काले गरेका थिए । प्रतियोगितामा ईक्यानमा आवद्ध व्यवसायीहरु खेलाडीका रुपमा सहभागी थिए ।
नेपाली विद्यार्थीहरुलाई विश्वभरका सर्वोत्कृष्ट शैक्षिक संस्थाहरुबाट विश्वस्तरको योग्यता हासिल गर्न सहजीकरण गर्ने तथा स्वदेशी खेल जगतमा टेवा पुर्याउने उद्देश्यले फुटसलको आयोजना गरिएको ईक्यानका अतिरिक्त क्रियाकलाप विभाग तथा तेश्रो फुटसल प्रतियोगीताका संयोजक वासुदेव दाहालले जानकारी दिए ।
प्रतियोगितामा अष्ट्रेलियाको कलेज मिन्ट ईन्टरनेसनलको प्रस्तुति एवम् राईटपाथ करिएर काउन्सिलिङ्गको इन एसोसिएसन विथ प्रायोजनमा भएको हो । प्रतियोगिताका अन्य प्रायोजकहरुमा एआईपि एजुकेसन, अष्ट्रेलिया एजुकेसन कन्सल्टिङ्ग, क्यानोन ईन्टरनेसनल एजुकेसन, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग, ड्रिम डेस्टिनि एजुकेसन फाउण्डेसन, ड्रिम अन एजुकेसनल कन्सल्टेन्सि, स्टडि वल्र्ड एजुकेसन कन्सल्टेन्सि एण्ड रिसर्च सेन्टर, ईन्लाईटिन ईन्टरनेसनल एजुकेसन, एक्सेल एजुकेसन, काठमाडौं ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सि, मेटस एजुकेसन र निरभाना काउन्सिलिङ्ग सेन्टर रहेका छन् ।
त्यसैगरी पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन, मेघा एजुकेसनल कन्सल्टेन्सि, सेभिल्ला एजुकेसन कन्सल्टेन्सि, प्रसन्ना ईन्टरनेसनल एजुकेसन, रोयल एजुकेसनल फाउण्डेसन, सिलिकन एजुकेसन नेटवर्क, सक्सेस एब्रोर्ड स्टडि, वेभ ईन्टरनेसनल एजुकेसन, प्रान्जल एजुकेसन कन्सल्टेन्सि र रिभोलुसन एजुकेसन एकेडमी पनि प्रायोजकमा रहेका छन् । त्यस्तै मिडिया पार्टनरमा मकालु खबर, आई टि पार्टनरमा कम्युनिकेट मिडिया र भेन्यु पार्टनरमा कुमारी फुटसल रहेका छन् ।








