२८औँ राष्ट्रिय च्याम्पियनसिप फुटबल आजदेखि

काठमाडौं, माघ २ । २८ औं राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो । अपराह्न १ बजे प्रतियोगिताको उद्घाटनअघि बिहान १० बजे तुलसीपुरमा प्रभातफेरी हुनेछ ।

प्रतियोगिताको पहिलो खेल सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ र मध्यपश्चिम विकास क्षेत्र तथा दोस्रो मध्यमाञ्चल क्षेत्रीय टोली र सुदुरपश्चिमाञ्चल क्षेत्रीय टोलीबीच हुनेछ । प्रतियोगिताको अन्तिम खेल माघ ६ गते घोराहीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =