वडा कार्यालय भवन बनाउन सात कट्टा जग्गा दान

पुस ८, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ८ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।

मिक्लाजुङ– ८ को तोरीबारीमा सात कट्ठा जग्गा कार्यालय भवन निर्माणका लागि उपलब्ध गराइएको हो । स्थानीयवासी लालबहादुर बोहोरा, कृष्णप्रसाद ढकाल, मातृका ढकाल र लक्ष्मीप्रसाद पोखरेलले संयुक्तरुपमा सात कट्ठा जग्गा उपलब्ध गराएका हुन् । मिक्लाजुङ गाउँपालिकाको प्रथम गाउँसभाले वडा नं ८ को वडा कार्यालय भवन निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरिसकेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए ।

उहाँका अनुसार आगामी सात दिनभित्रमा जग्गादाताले वडा कार्यालयको नाममा जग्गा रजिस्ट्रेशन पास गरिदिएपछि भवन निर्माण कार्यले गति लिनेछ । भवन निर्माणमा अपुग हुने थप रकम गाउँपालिकाले व्यहोर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =