हिरासतमै आत्महत्याको प्रयास गरेका घिसिङको मृत्यु

चितवन, २८ वैशाख । हिरासतमा आत्महत्याको प्रयास गरि घाईते भएका चितवन कालिका नगरपालिका १ का युवकको उपचारका क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका बेला समिर घिसिङले हिरासत भित्रको शौचालयमा कमिजको पाँसो लगाएर विहीवार आत्महत्याको प्रयास गरेका थिए ।
उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । घिसिङलाई एक विद्यालयको ल्यापटप र कम्युटर चोरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।
null
हिरासत भित्र हत्या प्रयास गरेका उनको हिरासतमै मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले इलाका प्रहरी कार्यालय टाँडीमा तोडफोड गर्नुका साथै राजमार्ग अवरुद्ध पारेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गर्नुका साथै अश्रु ग्याँस समेत प्रहार गरेको थियो । घटना पछि शुक्रवार जिल्ला प्रशासन कार्यालय चितवनमा वसेको वैठकले घटनाका बारे छानविन समिति गठन गरेको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिलाई एक साता भित्र प्रतिवेदन पेश गर्न समय दिईएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । बैठकमा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधी ज्ञवालीलाई टाँडीबाट जिल्ला पठाउने, घटनाका विषयलाई लिएर कुनै पनि विरोध नगर्ने लगायत सहमती भएको छ ।








