नेपाल टेलिकमका अफरहरु दशैंसम्म थप

भाद्र २०, काठमाडौं । बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा नेपाल टेलिकमले उपलब्ध गराएका अफरलाई निरन्तरता दिएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

उपभोक्ताले अत्यधिक रुपमा रुचाएकाले गत भदौ ५ देखि १९ गते सम्म उपलब्ध गराइएका यी अफरहरु भदौ २० गते देखि आगामी असोज ४ गतेसम्म लिन सक्ने गरी निरन्तरता दिइएको छ । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुने बताईएको छ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधीसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधीसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ । युट्युब डाटा प्याकेज लिनका लागि वाईटी १ जीबी वा वाईटी ५ सय एमबी लेखेर १४१५ मा एसएमएस पठाउनुपर्छ ।

त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि पीएसीके १५० वा पीएसीके २५० लेखेर १४१५ मा एसएमएस पठाउनुपर्छ । यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने छ र यी अफरका दररेटहरु करसहितका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =