एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने

काठमाडौँ, ११ चैत्र । एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सम्पूर्ण जानकारी गराइयो । 

नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने गरि ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली प्रतिभालाई ब्यबसायिककरण मात्र नभई ब्यबस्थापनका साथ संरक्षण गर्न र सबै प्रतिभालाई मनोरंजनका साथ टेवा पुर्याउने विश्वब्यापी प्रचार प्रसारमा एन्जल मिडिया लागि परेको छ । 

 

null

नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरि १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने कार्यक्रममा जानकारी दिइयो । अडिसनबाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्डबाट भोटिंग राउण्डमा प्रवेश गराई भोटिंग राउण्डबाट नै प्रथम दित्तिएको छनोट गरिने छ । 

प्रथम हुनेलाइ नगद ७० लाख दित्तिए हुने लाइ २० लाख र तृतीय हुने लाइ नगद १० लाख प्रदान गरिनेछ । कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओम प्रकाश राई र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन् । 

 

कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ चैत्र २५ गतेबाट अडिसन सुरु हुनेछ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ निर्णायक आनन्द कार्की, निर्णायक एलिना बास्कोटा, मेघा टेलिभिजनका अध्यक्ष बद्री पोखरेल लगायतले आ आफ्नो मन्तब्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *