बरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन

मङ्सिर २८, काठमाडौँ । बरिष्ठ कलाकार दिपक क्षेत्रीको  निधन भएको  छ ।   

उनको ५८ वर्षको उमेरमा शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा उनको निधन भएको हो । 

 दिउँसोसम्म  कोठाको ढोका नखोलेपछि प्रहरीले करिब  २ बजे उक्त कोठाको ढोका फोरेर हेर्दा क्षेत्री मृत अवस्थामा भेटिएको नेपाल फिल्म टेक्निसियन एशोसियसनका अध्यक्ष पुष्कर लामाले बताए ।   

पोष्टमार्टमको लागि क्षेत्रीको शव आज टिचिङ अस्पतालमा राखिएको छ ।  क्षेत्रीकी श्रीमती मलेसियामा रहेको कारण उनी भोलि  नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने जानकारी प्राप्त भएको छ।  

 क्षेत्रीले सिमाना, मसान,राज्जा रानी ,बुलबुल लगायतका चलचित्रमा काम गरेर नेपाली कलाकारितामा योगदान पुर्याएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =