महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादीकाे निर्णय
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं, फागुन २५ । माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो ।
तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित