माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु
मकालु खबर
२०७४ जेठ १५ गते
“
अछाम, फागुन २५ । अछाममा माटोको ढिस्कोले पुरिएर उक जना बालकको मृत्यु भएको छ । ढकारी गाउँपालिका वडा नम्बर ४ बलाता भिरमुण टोल निवासि स्थानीय काला थापाका १४ बर्षिय छोरा राजेश थापाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
उनीसँगै माटोको लागि गएका नारायण थापा, लक्ष्मण थापा र भरत थापा घाइते भएका छन् । नारायण र लक्ष्मणको हात र खुट्टा समेत भाँचिएको र भरत समान्य घाईते भएका अध्यक्ष भक्तबहादुर थापाले बताउनुभयो ।
गाउँबाट करिब ४ घण्टा टाढा भिरमुण खोलामा सेतो माटो ल्याउन उनीहरु त्यहाँ गएका बताईएको छ । घाईतेहरुको बलाता स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । मृतक बालक राजेश मनकामना मावि बलातामा कक्षा ८ मा अध्ययनरत थिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित