माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु 

अछाम, फागुन २५ ।  अछाममा माटोको ढिस्कोले पुरिएर उक जना बालकको मृत्यु भएको छ । ढकारी गाउँपालिका वडा नम्बर ४ बलाता भिरमुण टोल निवासि स्थानीय काला थापाका १४ बर्षिय छोरा राजेश थापाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनीसँगै माटोको लागि गएका नारायण थापा, लक्ष्मण थापा र भरत थापा घाइते भएका छन् । नारायण र लक्ष्मणको हात र खुट्टा समेत भाँचिएको र भरत समान्य घाईते भएका अध्यक्ष भक्तबहादुर थापाले बताउनुभयो ।

गाउँबाट करिब ४ घण्टा टाढा भिरमुण खोलामा सेतो माटो ल्याउन उनीहरु त्यहाँ गएका बताईएको छ । घाईतेहरुको बलाता स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । मृतक बालक राजेश मनकामना मावि बलातामा कक्षा ८ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *