दुई वर्षीया बालिका बलात्कार गर्ने एक वृद्ध पक्राउ
२०७६ मंसिर ३ गते

मंसिर ३, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन्।
बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ। पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। रासस

२०७६ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








