प्रिमनसुन सुरु, बेलुकी हल्का पानी पर्ने सम्भावना: मौसमविद्

काठमाडौं, फागुन १८ । प्रिमनसुन सुरु भएको छ । बिहीबारदेखि प्रिमनसुन सुरु भएको हो । प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट पानी पर्ने उहाँको अनुमान छ । विशेषगरी पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *