डीभी फारम आज राति ९:४५ बाट भर्न सकिने

कात्तिक १, काठमाडौँ । सन् २०१९ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि नयाँ फारम भर्नुपर्ने भएको छ । नयाँ डीभी फारम भर्ने समय कार्तिक १ गते राति ९:४५ बाट मङ्सिर ६ गते बुधवार राति १०:४५ सम्म कायम गरिएको अमेरिकी दूतावासले बताए ।


यो वर्षको डीभी कार्यक्रमका लागि अक्टोबर १८ अगावै आवेदन भरिसके  पनि त्यो आवेदन फेरि भर्नुपर्ने दूतावासले जनाएको छ । पहिले आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर पनि अब काम लाग्ने छैन ।

पहिले दिइएका आवेदनलाई मान्यता नदिइने दूतावासले स्पष्ट पारेको छ । फेरी डिभी भर्न  सहभागी हुनका लागि  कार्तिक १ राति ९:४५ बाट मङ्सिर ६ गते बुधवार राति१०:४५ सम्म  समय रहेका छन् । नयाँ आवेदन अवधिमा एकपल्ट भन्दा धेरै पटक आवेदन दिएमा तपाईँ अयोग्य ठहरिनु हुने दूतावासले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =