बीपी प्रतिष्ठान धरान र अल इण्डिया इन्सिच्युट बिच भयो यस्तो सम्झैता

भदौ २६, धरान ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अल इण्डिया इन्सिच्युट (एम्स) बिच ‘सुपर स्पेस्यालिटी सेवा’ आदान प्रदान गर्ने विषयको समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियार र अल इण्डिया इन्सिच्युटका प्रा डा रणदीप गुलरिया बिच एमओयुमा हस्ताक्षर भएको हो । यसले प्रतिष्ठानलाई ‘डिएम, एमसिएच’ अध्यापनमा थप मद्दत पुग्ने विश्वास लिइएको छ । हाल अध्यापन भइरहेको डिएम तर्फ कार्डियोलोजी, न्युन्याट्रोलोजी र युरोलोजी बाहेकका न्युरोलोजी, पल्भन्योलोजी, सिटिभिएस, मुटु सर्जरी, स्पान सर्जरी, हेड एण्ड नेक सर्जरी, जिआई सर्जरी, नेफ्रोलोजी अध्यापनमा सहयोग पुग्ने छ ।

यी पढाइका लागि धरानका शिक्षक, विद्यार्थी, चिकित्सकहरुले अल इण्डिया इन्सिच्युटमा ‘सर्ट टर्म फेलोसिप’ छोटो समयका लागि विद्वतवृति को अवसर प्राप्त गर्ने उपकुलपति प्रा डा रौनियारले बताए । त्यस्तै यहाँका विद्याथी, शिक्षकहरुलाई तालिम, प्राविधिक ज्ञानहरुसमेत प्राप्त गर्न एमओयुले मद्दत गर्ने उनले बताए ।

त्यस्तै अल इण्डिया इन्सिच्युटका चिकित्सकहरु बेला बेलामा आएर यहाँ तालिम तथा प्राविधिक ज्ञानसमेत बाड्ने प्रा डा गुलरियाले बताए । उनले प्रतिष्ठानमा सुपरस्पेस्यालिटी सेवाको आवश्यकता रहेको समेत बताए । उपकुलपति प्रा डा रौनियारले प्रतिष्ठानमा सुपर स्पेस्यालिटी सेवा प्रवाह भएमा आफ्नो कार्यकाल भरी शून्य रेफरल सेन्टरको रूपमा प्रतिष्ठानलाई बनाउने तर्फ ध्यान दिने बताएका थिए ।

एमओयु हुनु अघि प्रतिष्ठानको २४ औँ र जननेता बीपी कोइरालाको १०३ औँ जन्मजयन्तीसमेत एकसाथ मनाइएको थियो । प्रा डा गुलरियाले झण्डोत्तोलन गर्दै र बीपीको तस्बिरमा माल्यापर्ण गर्दै कार्यक्रमको प्रारम्भ गरिएको थियो । प्रा डा गुलरियाले ‘चिकित्सा सम्बन्धीको प्रवचन’ समेत दिएका थिए । त्यसक्रममा उपकुलपति रौनियारले शैक्षिक कोर्ष बढाउने, प्रतिष्ठानलाई पूर्वको मेडिकल हव बनाउने दाबी समेत गरेका थिए ।

उनले कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको तलब वृद्धिका लागि पहल गर्ने बताएका थिए । भने, प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले आन्तरिक स्रोतबाट तलब वृद्धि गर्न गइरहेको बताए । उनले प्रतिष्ठानमा हाल वार्षिक अढाई अर्ब वार्षिक बजेट रहेको बताउँदै डेढ अर्ब तलब मै जाने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =