मानिसको अन्तिम संस्कार रोबोटले यसरी गर्नेछ

एजेन्सी । अगाडि शव राखिएको हुनेछ, परिवारजन वा मित्रहरुको आँखामा आँशु हुनेछ । तर, त्यहाँ रहेको मानिसको जस्तै ढाँचा पनि हुनेछ जसले विचलित नभई मन्त्र पढ्नेछ । वास्तवमा त्यो रोबोट हुनेछ जसले मानिसको अन्तिम संस्कार गर्नेछ ।
जापानको एउटा कम्पनीले मानिसजस्तै देखिने रोबोट अर्थात ह्युमेनाएडलाई अब अन्तिम संस्कारको जिम्मेवारी दिएको छ । यो रोबोटको नाम ‘पेपर’ दिइएको छ । पेपरले एक जना बौद्ध पुजारीले जसरी अन्तिम संस्कार गराउनेछ । यसक्रममा रोबोटले बौद्ध धर्मको मृत्यु संस्कारको सूत्र पनि जोडजोडले पढ्नेछ ।
अन्तिम संस्कार सूत्रका साथसाथै रोबोटको आवाजमा सुस्त ढोलको घनघनाहट पनि हुनेछ । जापानी कम्पनी निसेई करपोरेशनले टोक्योमा लाइफ इन्डिङ इन्ड्रस्ट्री एक्स्पोका क्रममा यो रोबोट प्रस्तुत गरेको हो । जापानको जनसंख्याको ठुलो हिस्सा वृद्धवृद्धाको छ । जनसंख्यामा कमी आएर जापान तनावमा छ । यही कारण कारखाना, होटल र अस्पतालहरुमा ठुलो परिमाणमा रोबोटको सहयोग लिन थालिएको छ । अन्तिम संस्कार गर्ने बौद्ध पुजारीको संख्या पनि घटेको छ । किनभने यो पेसामा धेरै कमाइ पनि हुँदैन । यही कारण युवाहरु पुरोहित बन्नबाट टाढा भागिरहेका छन् ।

निसेई कर्पोरेशनका कार्यकारी सल्लाहकार मिचियो इनामूराका अनुसार पुजारीहरुले मन्दिरका साथसाथै गुजारा चलाउन पार्टटाइम रोजगारी पनि गर्नुपर्ने हुन्छ । यही समस्याका कारण पुजारीको संख्यामा ठुलो कमी आएको छ । कम्पनीले त्यही कमी पूरा गर्न रोबोटको माध्यमबाट चाहेको हो ।
रोबोट पूजारी आम पुजारीभन्दा सस्तो पनि हुनेछ । पुजारी जहाँ एउटा अन्तिम संस्कारका लागि २४०,००० येन करिब २२ सय डलर लिन्छन्, त्यही रोबोटले यो संसारबाट विदाइका लागि ४५० डलरका काम गर्नेछ । बौद्ध पुजारी तेजसुगी मतसुओ पनि पेपर रोबोट हेर्न एक्स्पो आएका थिए । मातसुओका अनुसार रोबोटले यो काम त गरिदिनेछ तर मेशिनी अन्तिम संस्कारमा हरेकले केही न केही कमी अवश्य महशुस गर्नेछन् ।








