परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

 

पुस २६, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रायसिना संवादको चौंथो संस्करणमा सहभागी हुन भारतको नयाँ दिल्ली जाँदैछन् । 

भारतीय विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा मन्त्री ज्ञवालीले बिहीबार नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

null

भ्रमणका अवसरमा मन्त्री ज्ञवालीले भारतीय सरकारका उच्च अधिकारीसँग पनि भेटघाट गर्नेछन् । मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =