छायाँछवि काव्य शृङ्खलाको पाँचौ सिलसिला सम्पन्न

काठमाडौं, फागुन ७ । छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य शृङ्खलाको पाँचौ सिलसिला सम्पन्न भएको छ । सोमबार बागबजारको सिटिम्याक्सहलमा गीतकार तथा गजलकार करण थापा एवं हास्य अभिनेतृ तथा निर्देशक कलाकार दिपाश्री निरौलाको विशेष आतिथ्यतामा छायाँछविले पाँचौ काव्य शृङ्खला सम्पन्न गरेको हो ।

छायाँछवि काव्य शृङ्खलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको प्रजातन्त्र दिवस बिशेष मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो । संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा संगीतकर्मीलाई स्वागत गरेकी थिइन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रमबारे प्रकाश पारे । मन्तव्य राख्दै प्रियले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप आयोजना गरिदै आएको बताए । कार्यक्रमको यस शृङ्खलामा चर्चित युवा कवि तथा गजलकार विपिन सलामीले गजल बाचन गरेका थिए भने कवि एवं साहित्यकार रन्जना निरौलाले कविता सुनाएकी थिइन् ।

कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको कार्यक्रमका विशेष अतिथी करण थापाले बताए भने कार्यक्रमका अर्का विशेष अतिथी हास्य कलाकार तथा निर्देशक दिपा श्री निरौला आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना केही भनाइहरु राखेकी थिईन् । कार्यक्रमका श्रष्टाद्वय विपिन सलामी र रन्जना निरौलाले आफूलाई पााचै सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *