के राज्य फेरि द्वन्द्वका लागि तयार भएको हो ?

 

चैत १२, काठमाडौँ । शान्तिको रटान लगाउने देश नेपाल । शान्तिका प्रतिक गौतम बुद्ध जन्मिएको देश नेपाल । अनि, हरेक १० वर्षमा द्वन्द्वमा धकेलिएका इतिहास बोकेको देश पनि नेपाल । 

एक दशकभन्दा केही बढि मात्रै भयो १० वर्षे जनयुद्ध । त्यसपछि शान्तिपूर्ण सम्झौतामा आएर विश्राम लियो तर पूर्णरुपमा टुंगिएन । द्वन्द्वका शक्तिहरु शान्तिपूर्ण बाटोमा विभाजित बन्दै गए । केही शक्ति सिंहदरबार छिरे, अनि केहीले आफ्नो गुट लिएर फरक–फरक बाटो समाते । 

null

मूलपार्टी प्रचण्डको नेतृत्वमा चुनावमा गयो र सबैभन्दा ठूलो शक्ति बन्दै सरकारको नेतृत्व गर्यो । त्यसपछि पनि पटक–पटक सत्तामा पुग्यो । यो बीचमा सबैभन्दा बढि सत्तामा रहने दल नै माओवादी बन्यो । 

कहिले कांग्रेस, कहिले तत्कालिन एमालेसँग गठबन्धन गर्दै माओवादीले सत्ताको नेतृत्व गर्यो र पार्टनरसिप पनि जमायो । स्थानीय चुनावमा नेपाली कांग्रेससँग मिलेको माओवादी त्यसको केही समयपछि भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमालेसँग सहकार्य मात्रै गरेन, एकताकै निर्णय लिएर चुनावमा होमियो। 

त्यसपछि पनि नेपाली कांग्रेसले माओवादीलाई आफ्नो साथमा फर्काउन जोडबल नगरेको होइन । तर एमालेसँगको कोर्ष निक्कै अगाडि बढिसकेकाले माओवादी फाइदा देख्दैमा फर्किने अवस्थामा छैन । 

उनै प्रचण्ड अध्यक्ष रहेको पार्टी आज सरकारको नेतृत्व गरिरहेको छ प्रस्ट बहुमतसहित । अझै गृहमन्त्री रामबहादुर थापा बादल त विप्लवका हितैषी नै हुन् । सँगै जनयुद्ध लडेका, धेरै भीडन्तमा राज्यकाविरुद्ध सँगै गर्धन थापेका । 

तर अहिले यी दुईबीचको दूरी बढ्दो छ । पछिल्लो समय देखिएको विमतीले एकले अर्कालाई खुलम खुल्ला भीडन्तमा निम्त्याइरहेका छन् । विप्लवको टार्गेटमा कुनै दुई दुश्मन छन् भने एक बादल नै हुन् यतिबेला। सरकारले पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खोजीखोजी पक्रिदै थुन्न थालेको छ। केही दिन यता झण्डैँ दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। सरकारले खोजि कार्यलाई पनि तीब्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलेत चैतभित्रमा विप्लव नेतृत्वको पार्टीका सबैलाई थुनिसक्ने घोषणा नै गरिसकेका छन्। 

सरकारले एकपछि अर्को विप्लवविरुद्ध शसक्त कदम चालिरहेको छ । प्रतिबन्ध घोषणापछि आक्रमक रुपमा अगाडि बढेको छ सरकार । विप्लवविरुद्ध सरकारको कदमको प्रतिपक्षी र सत्ता पक्षकै कतिपयले विरोध गरिरहेका छन् । तर सरकार टसमस भएको छैन । ओलीले भनेका छन्, ‘यो सरकारको ब्याक गियर छैन। विप्लव वार्तामा नआए सकिन्छन्।’ यता विप्लव समूहले पनि केही दिनदेखि गतिविध बढाएको छ । उसले सरकार जुन रुपमा प्रस्तुत हुन्छ, त्यही रुपमा जवाफ दिन तयार रहेको भनेको छ । के त्यसो भए राज्य फेरि द्वन्द्वका लागि तयार भएकै हो त ? 

पछिल्लो गतिविधिले यसको प्रस्ट संकेत गर्छ । विप्लव समूहले आन्दोलन घोषणा गर्नु र सरकारले धरपकड तीव्र पार्नुले अबको बाटो पत्ता लगाउन धेरै दिन कुर्नु पर्ने देखिँदैन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *