संसद बैठक चल्न दिने कांग्रेसको निर्णय
मकालु खबर
२०७६ माघ २८ गते
माघ २८, काठमाडौं । नेपाली कांग्रेसका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक मंगलबार भने सञ्चालन हुने भएको छ । कांग्रेसले आजको संसद बैठक चल्न दिने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले आजको बैठक अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विषयलाई लिएर अहिलेसम्म कांग्रेसले तीन पठक सदन अबरुद्ध गरिसकेको छ ।
बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने सूचना सभामुखलाई दिन लागेको डा संग्रौलाले जानकारी दिइन् ।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
मकालु खबर
२०७६ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित